राजनीति

नेपाल र कम्बोडीयाबीच ९ बुदे समाझदारी पत्रमा हस्ताक्षर



काठमाडौँ, ३१ बैशाख । नेपाल र कम्बोडीयाबीच ब्यापार प्रवर्द्धन गर्नका लागि ९ बुदे समाझदारी पत्रमा हस्ताक्षर भएको छ ।

कम्बोडिया भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडीयन प्रधानमन्त्रीको संयुक्त सहमतिमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतापत्रमा नेपालका तर्फबाट नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडियाका उपाध्यक्ष लिम हेङले हस्ताक्षर गरेका छन । सम्झैता पत्रमा दुई देशबीच आपसी सम्बन्ध सुमधुर पार्नै, व्यापारिक विकास गर्ने, वैदेशिक सम्बन्ध, लगानी, पर्यटन र व्यापारिक प्रदर्शन गर्ने जस्ता कुराहरु उल्लेख गरिएको छ ।

दुई देशको प्रचलित कानुन र नियमको ढाँचाभित्र बहुपक्षीय व्यापार सम्बन्धको थप विस्तारको दायरामा प्रशंसा गर्दै सामान्य, व्यापार र वाणिज्य विकासको लागि दुवैको व्यापरिक समुदायबीच राम्रो सहयोग र समन्वय होस भन्ने उदेश्यले सो सम्झैता गरिएको जनाएको छ  ।