काठमाडौँ, ३१ बैशाख । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक खरिद ऐनका संशोधन गरिने बताएका छन ।
भक्तपुरको नगरकोटस्थित तेलकोटमा प्रदेश सभा सदस्य स्वर्गीय हरिशरण लामिछानेको नाममा निर्माण हुन लागेको तेलकोटदेखि भट्टेडाँडासम्मको साढे सात किमि हरिगुरु मार्गको सडक शिलान्यास गर्दै मन्त्री पोखरेलले केही प्रावधान विकासको बाधकको आधार भएकाले ऐन संशोधन गर्ने तयारी भइरहेको बताएका छन ।
मन्त्री पोखरेलले विकासको काम कुनै पार्टी विशेषको नहुने भएकाले सबै पार्टी मिलेर विकास र समृद्धिको अभियानमा एकजुट हुन आग्रह गर्दै उनले नगरकोटलगायतका ठूला निर्माण कार्यमा ढिलासुस्ती गर्ने, आलटाल गर्ने, लापर्वाही गर्ने र गुणस्तरहीन निर्माण कार्य गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने समेत बताएका छन ।
मन्त्री पोखरेलले देश संघीयतामा गइसकेकाले प्रदेश र स्थानीय सरकारलाई आफ्नो अधिकारको पुरा उपयोग गर्नसमेत दुवै तहका सरकारलाई आग्रह गर्दै सरकारले देशको विकास र समृद्धिको आधार निर्माण गरिसकेकाले आर्थिक वर्ष ०७६र०७७ विकासको वर्ष हुने उल्लेख गरेका छन ।










प्रतिक्रिया दिनुहोस्