अनुहार चम्किलो बनाउनका लागी साइडइफेक्ट नहुने घरेलु उपायहरु छन, जसले अनुहार चम्काउन मद्धत गर्छ ।
१. सुन्तलाको बोक्रालाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर फेसवासको रुपमा प्रयोग गर्ने ।
२. काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ ।
३. घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ ।
४. काँक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।
५. अनुहारमा पाकेको केरा मुछेर लगाउँदा चाउरीपन हटाउँनुको साथै छालालाई कसिलो बनाउँछ ।
६. निमको पातलाई पिसेर लगाउनाले छालाको रोगप्रतिरोधी क्षमता बढाउँनुको साथै डन्डिफोर हटाउन पनि मद्धत गर्छ ।
७. आँखाको वरिपरि काँचो आलुको टुक्राले हल्का मसाज गर्दा डार्क सर्कल हटाउन मदत गर्दछ ।
८. काँक्रोको रसले अनुहारमा मसाज गर्दा चाया कम हुन्छ ।
प्रतिक्रिया दिनुहोस्