विश्व

भारतले १९ जना पाकिस्तानी बन्दीलाई छोड्याे



एजेन्सी, २ जेठ । भारतले १९ जना पाकिस्तानी कैदीबन्दीलाई मुक्त गरेको छ ।

जासुसी र गैरकानुनी रुपमा भारतमा बसेको आरोपमा पक्राउ परेका पाकिस्तानीमध्ये १९ जनालाई भारत सरकारले छाड्ने आदेश दिएको थियो ।

भारतीय जेलमा १३ महिना बन्दी रहेका माझी मुस्तफाले भारत र पाकिस्तानले जेलमा रहेका सर्वसाधारणलाई छोड्नु स्वागतयोग्य कदम रहेको बताए । मुक्त गरेका १९ जना पाकिस्तानी कैदीबन्दी अट्टारी-वागा सीमा हुँदै पाकिस्तान प्रस्थान समेत गरेका छन् ।

पछिल्ला दिनहरुमा दुबै मुलुकले एकअर्का देशको थुनामा रहेका नागरिकलाई छाड्ने क्रम बढाएका छन् । पाकिस्तानले गत अप्रिल ३० मा ६० जना भारतीयलाई पाकिस्तानी जेलबाट मुक्त गरेको थियो जसमध्ये ५५ जना माझी थिए ।