एजेन्सी, २ जेठ । जापानको दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रमा ५.५ म्याग्नीच्युडको भूकम्प गएको छ ।
स्थानीय समयाअनुसार बुधबार बिहान २ बजेर ३४ मिनेट जाँदा ५.५ म्याग्नीच्युडको भूकम्प गएको मौसम विभागले जानकारी दिएको छ ।
भूकम्पको केन्दविन्दु वरपरकै क्षेत्रमा ३० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । भूकम्पपछि धनजनको के कति क्षति भयो भन्ने विवरण आइसकेको छैन् ।
प्रतिक्रिया दिनुहोस्