समाचार

भोजपुरको पोखरे क्षेत्रमा आगलागी



भोजपुर, २ जेठ । भोजपुर सदरमुकाम नजिकैको भोजपुर नगरपालिका वडा नं. ७ स्थित बरवोट टोलमा पोखरे क्षेत्रमा आगलागी भइरहेको छ ।

बिहीबार दिउँसो १ बजेदेखि आगलागी भएको हो । स्थानीय बखत श्रेष्ठको घरबाट शुरु भएको आगलागी नियन्त्रणबाहिरको अवस्थामा पुगेको छ । नजिकैको घरमा समेत आगो फैलिएको प्रहरीले जनाएको छ । घरभित्र रहेका खाना पकाउने ग्यासको सिलिण्डरहरु पड्किदा आगो झन् फैलिएको छ ।

आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय वासिन्दा खटिएका छन् । सडक साँघुरो भएका कारण भोजपुर नगरपालिकाको दमकल पुग्न सकेको छैन ।