विश्व

अमेरिकामा राष्ट्रिय आपतकालको घोषणा



एजेन्सी, २ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको कम्प्युटर नेटवर्कलाई ुविदेशी विरोधीु बाट जोगाउन राष्ट्रिय आपतकालको घोषणा गरेका छन् ।

राष्ट्रिय सुरक्षाको खतरालाई ध्यानमा राख्दै ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अमेरिकी कम्पनीहरुलाई विदेशी दूरसञ्चार सेवाको उपयोग गर्न प्रतिबन्ध लगाइएको छ ।

आदेशमा कुनै पनि कम्पनीको नाम उल्लेख नगरिएको भए पनि यो आदेशले चीनको बहुराष्ट्रिय दूरसञ्चार उपकरण र उपभोक्ता इलेक्ट्रोनिक्स निर्माता कम्पनी हुवावेलाई लक्षित गरेको बताइएको छ ।