Banner News

नेकपाको जनवर्गीय संगठनको नेतृत्व टुङ्गियो, भोलि औपचारिक घोषणा हुने



काठमाडौँ, २ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्वको बारेमा टुङ्गो लगाएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकले नेकपामा २२ जनवर्गीय संगठनमध्ये अधिकांशको भागबण्डाको आधारमा टुङ्गो लगाएको हो ।

बैठकले विद्यार्थी संगठनको संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङलाई तोकेको छ । महर तत्कालीन एमालेको विद्यार्थी संगठन र तामाङ तत्कालीन माओवादी विद्यार्थी संगठनका नेतृत्वमा थिए ।

त्यसैगरि युवामा रामप्रसाद सापकोटालाई संयोजक र सहसंयोजक रमेश पौडेललाई तोकिएको छ । सापकोटा तत्कालीन माओवादीका र पौडेल तत्कालीन एमाले निकट यूवा संगठनको नेतृत्वमा थिए ।

त्यस्तै महिला संगठनको नेतृत्व अमृता थापाले मजदुर संगठनको नेतृत्व विनोदा श्रेष्ठ र पत्रकार संगठनको नेतृत्व महेश्वर दाहालले पाएका छन् । जनवर्गीय संगठनको नेतृत्वको सवै नाम टुंगाएर भोलि मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा घोषणा गर्ने तयारी गरिएको छ ।