सम्पादकीय

नागरिकता वितरणमा सर्वोच्चको फरक-फरक आदेश



अदालतसम्म पुगेको नागरिकतासम्बन्धीको विवादमा सर्वोच्च अदालतले फरक–फरक आदेश दिएपछि अन्योलता बढेको छ । जन्मका आधारमा नागरिकता पाएका सन्तानलाई वंशजको नागरिकता दिन गृहमन्त्रालयले गरेको परिपत्रविरुद्ध परेको रिटको फरक–फरक इजलासबाट छुट्टाछुट्टै आदेश आएपछि अन्योलता बढेको हो ।

२४ वैशाखमा सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले अदालतले गरेका फरक–फरक आदेशले कार्यान्वयनमा द्विविधा देखिएकाले आदेशमा निश्चितता र एक रुपता कायम गर्नुपर्ने ठहर गरेका थिए ।

उनीहरुले विवादित कानुनी प्रश्नको निरुपण हुनु आवश्यक र मनासिव देखिएको भन्दै पूर्ण इजलासमा पठाएका थिए । तर, बिहीबार न्यायाधीशद्वय खतिवडा र माथेमासहित अर्का न्यायाधीश कुमार रेग्मी रहेको पूर्ण इजलासले संयुक्त इजलासबाटै निरुपण खोज्ने फैसला गरे । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।