पाल्पा, ३ जेठ । पाल्पामा प्रसाद खाएका ९५ जना बिरामी परेका छन् ।
तिनाउ गाउँपालिका ४ मा छिमेकीको १३ दिने पुण्य तिथिमा प्रसाद खाएकामध्ये ९५ जना झाडापखाला लागेर बिरामी परेका हुन् ।
फूड प्वाइजनका कारण बिरामी परेको आशंका गरिएको छ भने बिरामी परेका मध्ये १३ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभासमा र अन्यको स्थानिय स्वास्थ्य चौकीमा उपचार भैरहेको जनाइएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।










प्रतिक्रिया दिनुहोस्