विश्व

आधुनिक अष्ट्रेलियाका निर्माता बब हकको मृत्यु



एजेन्सी, ३ जेठ । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री बब हकको ८९ वर्षमा निधन भएको छ ।

पूर्वप्रधानमन्त्री हकको निधन बिहीबार भएको बताइएको छ । अष्ट्रेलियाको २३औँ प्रधानमन्त्री बन्नु भएका उहाँ लेबर पार्टीमा आबद्ध हुनुहुन्थ्यो । उहाँ सन् १९८३ देखि १९९१ सम्म अष्ट्रेलियाको प्रधानमन्त्री रहनु भएको थियो । हकलाई आधुनिक अष्ट्रेलियाका निर्माताका रुपमा पनि चिनिन्छ । उहाँले अष्ट्रेलियाको चार वटा संघीय चुनाव जित्नु भएको थियो । उहाँका श्रीमती र तीन छोराछोरी रहेका छन् ।