काठमाडौँ, ३ जेठ । स्वतन्त्र प्रेसमाथि प्रतिबन्ध लगाउने गरी सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै विधेयक सच्चाउन माग गर्दै नेपाल पत्रकार महासंघ आन्दोलित छ ।
सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बाँस्कोटाले मिडिया नियमनका लागि संघीय संसदमा दर्ता गर्नुभएको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघले विभिन्न संघर्षका कार्यक्रमहरू गर्दै आएको छ ।
पहिलो चरणको आन्दोलनको अन्तिम दिन आज महांसघले काठमाडौंमा संसद वाहिर र जिल्लाहरुमा सदरमुकाममा संचार साधनसहित बृहद प्रदर्शन गर्दै छ । प्रदर्शनका लागि सञ्चारकर्मी, पत्रकार तथा स्वतन्त्रताप्रेमी सबैलाई आह्वान गरेको छ । काठमाडौंमा आज मध्यान्ह १२ः०० बजे नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडि प्रदर्शन गर्ने महासंघले जनाएको छ ।
पहिलो चरण्को विरोधका कार्यक्रम गर्दा पनि सरकारले विधेयक नसच्चाए पुनः दोस्रो चरणको आन्दोलन गर्ने चेतावनी पनि महासंघले दिएको छ ।










प्रतिक्रिया दिनुहोस्