राजनीति

मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिन राजपाको माग



काठमाडौँ, ३ जेठ । सरकारसँग राष्ट्रिय जनता पार्टी नेपालले मिडिया काउन्सिलसम्बन्धी विधेयकसहित ३ वटा विधेयक फिर्ता लिन माग गरेको छ ।

शुक्रबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले मिडिया काउन्सिलसम्बन्धी विधेयक, राष्ट्रिय मानव अधिकार आयोग ऐनको संशोधन विधेयक र राष्ट्रिय सुरक्षा परिषदसम्बन्धी विधेयक फिर्ता लिन माग गरेको हो ।

मिडिया काउन्सिलसम्बन्धी विधेयकले प्रेस स्वतन्त्रता हनन गरी नियन्त्रण गर्न ल्याइएको राजपाले जनाएको छ ।