काठमाडौँ, ४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशैभर ‘नेपाली कांग्रेस मेला’ आयोजना गर्ने भएको छ ।
शुक्रबार बसेको केन्द्रीय अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले काठमाडौंसहित देशका विभिन्न भागमा उक्त कार्यक्रमा गर्ने निर्णय गरेको हो । ७ प्रदेशका १४ स्थानमा महाधिवेशन प्रतिनिधिहरुका लागि २ दिने प्रशिक्षण कार्यक्रम गर्ने, क्रियाशील सदस्यहरुका लागि १ दिने आधारभूत प्रक्षिण दिने निर्णय प्रतिष्ठानले गरेको छ ।
त्यस्तै ३ दिनसम्म गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ । जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने, १५ गते विहान प्रभातफेरी, साँझ दीप प्रज्वलन र १६ गते संघीयताको कार्यान्वयन विषयक विचार गोष्ठी आयोजना गर्ने निर्णय गरिएको कांग्रेसले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्