Banner News

नेपाल हिंसातर्फ होइन, शान्तितर्फ अगाडि बढ्यो : प्रधानमन्त्री ओली



बुटवल, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब हिंसातर्फ नभइ शान्तितर्फ अगाडि बढेको बताएका छन ।

२५६३ औं बुद्ध जन्यतीको अवसरमा लुम्बिनीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल कहिल्यै हिंसातर्फ नफर्किने बताए । उनले भने, नेपाल अब हिंसातर्फ होइन, शान्तितर्फ अगाडि बढ्यो ।’

दुनियाँलाई शान्ति र सुमार्गको बाटोमा हिँडाउन बुद्धको दर्शनले प्रेरित गरेको र भविस्यमा बुद्ध दर्शनप्रति थप आकर्षण बढ्ने बताउदै उनले केही वर्ष हिंसा भएपनि त्यसको व्यवस्थापन भइसकेको र अब पनि केही बिग्रिहालेछ भने पनि आफैं समाधान गर्ने बताए ।

सन् १९९९ देखि संयुक्त राष्ट्रसंघले पनि बुद्ध जयन्तिलाई ‘वैशाख डे’ को रुपमा मनाउन सुरु गरेको र उनले बुद्धको जन्मबारे भ्रम नरहेको बताउदै उनले भने, ‘लुम्बिनीको विकास लागि मास्टर प्लान बनाएर लुम्बिनीलाई लुम्बिनी जस्तो बनाउनुपर्छ ।’

आगामी बर्ष संघीय सरकारले (वैशाख डे) मनाउने साथै लुम्बिनी, कपिलवस्तु र रामग्रामलाई जोडेर ग्रेटर लुम्बिनीको रुपमा विकास गरिने उल्लेख गरे ।