राजनीति

शान्ति र सुशासनका बौद्ध दर्शनको भूमिका महत्वपूर्ण : गृहमन्त्री थापा



काठमाडौँ, ५ जेठ । गृहमन्त्री रामबहादुर थापाले शान्ति र सुशासनका माध्यमबाट समृद्ध नेपाल एवं सुखी नेपालीका लागि बौद्ध दर्शनको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभएको छ ।

श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले २५६३औँ बुद्धजयन्तीका अवसरमा शनिबार बौद्ध स्तुपमा आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले धार्मिक पर्यटन प्रवर्द्धनका माध्यमबाट नेपाललाई समृद्ध बनाउन सकिने भएकाले सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको उहाँले जानकारी गराउनुभयो । लुम्बिनी, पशुपतिनाथ र जनकपुर क्षेत्रमा बढी पर्यटक आउने गरेकाले यी क्षेत्रको पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री थापाले बताउनुभयो ।

उहाँले दुःख र अशान्तिकै कारण बौद्ध दर्शनको जन्म भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मानिसले आफूलाई केन्द्रविन्दुमा राखेर सोच्दा दुःख र अशान्ति हुने गरेको छ, सबैले हामी भन्ने भावनाबाट अघि बढ्न सके शान्ति स्थापना हुन्छ, अहिंसा, सदाचार, समानता र शान्तिबाट दुःख अन्त्य गर्न सकिन्छ ।’