नुवाकोट, ५ जेठ । सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठेकदारको एकाधिकार नतोडे जनताले देख्ने गरी प्रगति र समृद्धि नआउने बताउँदै सरकारले कडा कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
नुवाकोटमा शनिबार आयोजित कार्यक्रममा नुवाकोट जाने सडक प्रचण्डकै घरबेटी शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सनले पाएको वक्ताहरुले सडकलाई आफ्नो घरवेटीसँग जोडेपछि प्रचण्डले त्यसो नगर्न आग्रह गर्दै उहाँले ठेकदारलाई ठीक ठाउँमा राख्न सरकारलाई आग्रह गर्नुभएको छ ।
ठेकदारहरुले मोबिलाइजेसन लिएर जग्गामा लगानी गर्ने र लाखौं कमाउने गरेको बताउँदै अध्यक्ष प्रचण्डले ६/७ वटा ठेकदारको एकाधिकार रहेको भन्दै भन्नुभयो, ‘ठेक्का हात पार्न कुन नेतालाई के गर्नुपर्छ, कर्मचारीलाई के गर्नुपर्छ भन्ने थाहा भइसकेको छ ।’
ठेकदारलाई धारे हात लगाएर मात्र नहुने भन्दै गल्ती गर्नेहरुलाई कारबाही गर्ने जिम्मा सरकारको भएको बताउँदै उहाँले भन्नुभयो, ‘हामी त्यही दिशामा अगाडि बढ्न नीति तथा कार्यक्रममा उठाएका छौं । त्यही अनुसार ऐन कानुन संशोधन गर्छौं ।’










प्रतिक्रिया दिनुहोस्