काठमाडौँ, ६ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल पछाडि बस्नेलाई हेलमेट तत्कालै कार्यान्वयन नहुने जानकारी गराएको छ ।
सोमबार महाशाखाले सामाजिक सञ्जालको आफ्नो आधिकारिक पेजमा सूचना जारी गर्दै पछाडि बस्नेले पनि हेलमेट लाउनै पर्ने नियम तत्काल कार्यान्वयन नहुने उल्लेख गरेको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ७ को दफा १३० को उपदफा २ बमोजिम ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ भन्ने उल्लेख भएको छ’, महाशाखाले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्