काठमाडौँ, ७ जेठ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिभिन्न चुनौतीहरुको सामना गर्न सबै सुरक्षा संयन्त्रबीच समन्वय हुन आवश्यक रहेको बताएका छन् ।
सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आयोजित कार्यक्रममा बोल्दै मुलुकमा सीमावर्ती क्षेत्रमा हुने अपराध, प्रविधिको दुरुपयोगबाट सिर्जित अपराध लगायतका राष्ट्रिय सुरक्षाको विषयका बिभिन्न चुनौतीहरुको सामना गर्न सबै सुरक्षा संयन्त्रबीच समन्वय आवश्यक रहेको बताएका छन् ।
प्रहरी महानिरीक्षक खनालले कठिन परिस्थितिमा पनि नेपाल प्रहरीले आफ्नो भूमिका निर्वाह गर्न संगठन सदैव तत्पर रहेको बताउदै समाजमा शान्ति सुरक्षा कायम तथा अपराध नियन्त्रण गर्न राष्ट्रिय अनुसन्धान विभागले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।










प्रतिक्रिया दिनुहोस्