समाचार

खोलाले बगाउदा २ जनाको मृत्यु



धनकुटा, ७ जेठ । धनकुटामा पौडिखेल्न गएका २ जना बालकलाई खोलाले बगाउदा मृत्यू भएको छ ।

महालक्ष्मी नगरपालिका २ का २ बर्षिय गौरब लुँगेली मगर र महालक्ष्मी ३ का १४ बर्षिय अमिर मगर लाई लेगुवा खोलाले बगाउदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार खोलामा पौडि खेल्न गएका उनिहरुलाई मंगलबार बिहान दह भन्दा एक सय मिटर तल शब फेला परेको प्रहरीले जनाएको छ ।