राजनीति

शौचालय बनाउन नसक्नेलाई शौचालय बनाइदिन्छाैं : मुख्यमन्त्री राउत



जनकपुरधाम, ७ जेठ । मुख्यमन्त्री लालबाबु राउतले शौचालय बनाउन नसक्नेलाई सार्वजनिक शौचालय बनाइदिने बताएका छन ।

मंगलबार जनकपुरधाममा आयोजित खुला दिशामुक्त अभियान सम्बन्धी कार्यशालामा बोल्दै मुख्यमन्त्री राउतले धनुषा र महोत्तरी जिल्लालाई खुला दिशामुक्त अभियानमा सहयोग गर्नको लागि प्रदेश सरकार तयार रहेको बताए ।

मुख्यमन्त्री राउतले शौचालय बनाउन सक्ने अवस्थामा नरहेको जनताको लागि प्रदेश सरकारले सार्वजनिक शौचालय निर्माण गर्न तयार रहेको  बताउदै उनले भने, तपाईहरुले निर्माण गर्नुपर्ने स्थानबारे जानकारी गराउनुस्, हामी सार्वजनिक शौचालय बनाउँन तयार छौँ ।

धनुषा र महोत्तरी जिल्लाका स्थानीय तह प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुको उक्त कार्यशालामा उनले प्रदेशलाई खुला दिशामुक्त घोषणा गराउन अघि बढ्नको लागि आग्रह समेत गरेका छन ।