बाँके, ७ जेठ । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रेसलाई अंकुश लगाउन नहुने बताएका छन ।
मंगलबार नेपालगञ्जमा पत्रकारसँग कुरा गर्दै नेता नेपालले प्रेस जगतका जायज मागहरु सुन्नुपर्ने र प्रेस जगतलाई नियन्त्रण गर्ने सोच राख्न नहुने बताएका हुन ।
नेता नेपालले अंकुश लगाएरु रोकेर, तर्साएर समस्याको समाधान नहुने बताउदै उनले कसैले पनि आफ्नाे पूजा-स्तुति गरेन भनेर मूल्यांकन नहुने बताए । उनले नयाँ बजेटपछि मुलुक समृद्धितर्फको यात्रामा अघि बढ्ने पनि बताए ।










प्रतिक्रिया दिनुहोस्