समाचार

प्रहरीलाई छक्याएर एक अभियुक्त फरार



काठमाडौँ, ८  जेठ । प्रहरीलाई छक्याएर १६ वर्षे अभियुक्त फरार भएका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको १६ वर्षीय किशोर पदम श्रेष्ठ फरार भएका हुन् ।

बालिकालाई होटलमा लगेर सहमतिमा शारीरिक सम्बन्ध राख्दा परिवारले थाहा पाएपछि उनलाई प्रहरी समक्ष बुझाइएका थिए । प्रहरीका अनुसार मेडिकल जाँच गर्न जाँदा हस्पिटलबाटै फरार भएको र खोजीकार्य भइरहेको जनाएको छ ।

उनीविरुद्ध जबरजस्तीकरणी मुद्दामा म्याद थप पनि भएको छैन । कानुनतः नाबालिकाको हकमा सहमतिमै शारीरिक सम्पर्क भए पनि जबरजस्तीकरणी मानिन्छ ।