बर्दिया, ९ जेठ । बर्दिया बर्दिया अपाङ्ग पुर्स्थापना केन्द्र बर्दियाको आयोजना तथा ओपन सोसाइटी फाउण्डेशन नेपालको आर्थिक सहयोग र नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरुको सवाल र कानूनी व्यवस्था सम्बन्धी तालिम तथा अन्तरक्रिया बर्दियामा सम्पन्न भएको छ ।
नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदिश प्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुको सवाल र कानूनी व्यवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । बर्दिया गुलरिया नगरपालिकाका प्रमुख मुक्तिप्रसाद यादबले आफ्नो नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई विशेष प्राथामिकता दिने बताउनु भयो ।
अपाङ्गता भएका व्यक्तिहरुो शिक्षा, स्वासथ्य, यातायात, अपाङ्गता मैत्री भौतिक संरचना निर्माण लगाएतमा भएका ऐन कानून तथा नीति नियमको विषयमा जानकारी गराइएको थियो । यसै क्रममा बढैयाताल गाँउपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले नगरपालीकाबाट आवश्यक सेवा सुविधा प्रदान गरिने बताउनु भयो भने बर्दिया अपाङ्ग पुनस्र्थापना केन्द्रका कार्यकारी निर्देशक दलबहादुर सुनारले स्थानीय निकायहरुले अपाङ्गता भएका व्यक्तिहरुका लागि पनि विभिन्न कार्यक्रम सञ्चालन गर्नु पर्ने र ती कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व तथा सहभागिता गराउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
त्यसै गरी सोही नगरपालिलकाका उपप्रमुख शुशिला गिरी, बढैयाताल गाँउपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतम लगाएत उपस्थित भएका वडा अध्यक्षहरुले बनेका नीतिगत कानूनी व्यवस्थाहरुलाई पूर्णरुपमा कार्यन्वयन गरी सेवा सुविधा उपलब्ध गराउने बताउनु भएको थियो । यसै क्रममा उहाँले अपाङ्गता भएका व्यक्तिहरुा लागि पनि कार्यक्रम सञ्चालन गर्नको लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता पनि जनाउनु भएको थियो ।
बर्दिया अपाङ्ग पुनस्र्थापना केन्द्रका अध्यक्ष कृष्ण बहादुर क्षेत्रीको अध्यक्षतामा यही जेठ ६ गते बर्दियाको गुलरियामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा अपाङ्गता भएका व्यक्तिहरु सहति ३० जनाको सहभागिता रहेको थियो भने यही जेठ ७ गते बर्दियको बढैयाताल गाउँ पालिकामा पनि सम्पन्न भएको सोही अपाङ्गता भएका व्यक्तिहरुको सवाल र कानूनी व्यवस्था सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्