राजनीति

उच्च अदालतका न्यायाधीश ढकालविरुद्ध सर्वोच्चमा मुद्धा दर्ता



काठमाडौँ, ९ जेठ । उच्च अदालतका न्यायाधीश लेखनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ ।

सेवाग्राहीसँग १८ लाख घुस लिएको आरोप लागेका ढकालविरुद्ध सर्वोच्च अदालतमा आज मुद्दा दायर भएको हो । काभ्रेका उमेश बानियाँले न्यायाधीश ढकालविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् । न्यायाधीश सपना प्रधान मल्लको इजलासले निवेदन दर्ता गर्न आदेश दिएपछि न्यायाधीशविरुद्ध मुद्धा दर्ता गरेको भएको हो । उक्त मुद्दामाथि जेठ ९ गतेलाई पेशी तोकिएको छ ।

न्यायाधीश ढकालले पेट्रोलियम पदार्थ कालोबजारी मुद्दामा बदनियत राखी आफूसँग १८ लाख रकम लिएको दाबीसहित बानियाँ न्याय परिषद, सुनुवाइ समिति हुँदै गत साता सर्वोच्च पुगेका थिए ।