नयाँ दिल्ली, ९ जेठ । निर्वाचनको नतिजा आउनु १ दिन अघि बुधबार भारतको अरुणाञ्चलमा भोटिङ मेसिन लुटिएको छ ।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सको अनुसार अरुणाञ्चल प्रदेशको कुरुङ्ग कुमे जिल्लामा बुधवार साँझ ५०० भन्दा धेरै नकावधारीहरुको हुलले एक पोलिङ्ग टीममाथि हमला गरेर ईवीएम लुटेर लगेका हुन् ।
मीडिया रिपोर्ट्सका अनुसार साँझ करिब ५ बजे नेशनल पिपुल्स पार्टीका करिब ५०० समर्थकहरुले एके-४७ राइफलहरु, डण्डा र बन्दूकहरुको साथमा लांगबांग इलाका नजिक ती अधिकारीहरु माथि हमला गरेका हुन् ।
गएको आइतबार सकिएको सत्रौं लोकसभा निर्वाचनको मतगणना आज विहान ८ बजेदेखि हरेक प्रदेशहरुमा सुरु हुँदैछ । लोकसभाको चुनाव ११ अप्रिलदेखि १९ मेसम्म ७ चरणमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्