सिराहा, १० जेठ । सिरहामा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
मिर्चैया नगरपालिकास्थित प्रयागपुर चोकमा बिहीबार राति झापाबाट काठमाडौं आउँदै गरेको ना ८ ख ९८२ नम्बरको बस पश्चिमबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रक एक आपसमा ठोक्किँएर दुर्घटना भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा बसका चालक भोजपुरका हरीरण पहेली र झापाका मदनकुमार उप्रेती रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्