समाचार

एक युवक मृत अबस्थामा फेला



काठमाडौँ, १० जेठ । काठमाडौँमा एक युवकको शव फेला परेको छ ।

शुक्रबार बिहान टोखा नगरपालिका–२ दुबो गाउँमा  अन्दाजी २४–२५ वर्षको युवको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

शवको पहिचान भने खुलेको  छैन । शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भीक आशंका छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।