काठमाडौँ, १० जेठ । सगरमाथाको उचाई नाप्ने पुगेको टोली काठमाडौँ फर्किएका छन ।
शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नाप्न सगरमाथाको चुचुरो पुगेर फर्किएको टोलीलाई मन्त्रालयमा स्वागत गर्दै उनले ६ महिनाभित्र नेपाल आफैंले मापन गरेको सगरमाथाको वास्तविक उचाई प्राप्त हुने बताइन् ।
सगरमाथा नाप्न नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको टोली चैत ३ गते सगरमाथातर्फ प्रस्थान गरेको थियो । सगरमाथा नाप्न गएको टोलीका संयोजक विभागका प्रमुख नापी अधिकृत गौतमले एकदमै कष्टपूर्ण तरिकाले काम सम्पन्न गरेर फर्किएको बताउदै उनले भने, हामीले अव्जरभेसनका सन्दर्भमा एक घण्टा १६ मिनेट चुचुरोमा बितायौं, यो गाह्रो काम थियो ।’
आफूले यस अघि पनि सगरमाथाको आरोरण गरिसकेको भए पनि धेरै गाह्रो भएको बताउदै उनले भने, ‘निजामती कर्मचारीहरुमा उपसचिवस्तरको दोस्रो पटक आरोहण गर्ने कर्मचारी म नै हुँ, तर नाप्नु र आरोहण गर्नुमा धेरै फरक रहेछ ।’










प्रतिक्रिया दिनुहोस्