समाचार

चितवन उद्योग वाणिज्य संघद्वारा क्रिकेट रंगशाला बनाउनलाई एक करोड सहयोग



चितवन, १० जेठ । चितवन उद्योग बाणिज्य संघले रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको छ ।

शुक्रबार नारायणगढमा पत्रकार सम्मेलन गरी रंगशालाका लागि एक करोड रुपैयाँ सहयोग गर्ने बताएको हो । संघका अध्यक्ष सहनलाल प्रधानले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको रंगशालाका लागि संघका तर्फबाट तत्काल ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने र बाँकी रकम सहयोग गर्दै जाने बताए ।

भरतपुर महानगरपालिका वडा नः १५ मा अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम भइरहेको छ ।