सिरहा, १० जेठ । सिरहामा पत्नी हत्या आरोपमा पति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कर्जन्हा नगरपालिका–११ हटलेटवाका चन्देश्वर खेवार यादवले आफ्नी पत्नी रितु देवीको हत्या गरेको जनाएको छ । पत्नी रितुलाई उनका पतीले जेठ ७ गते घरमै घाँटी थिचेर हत्या गरेका थिए ।
उनिहरु दुई बीचको विवादका कारण आफुले आवेगमा पत्नीको हत्या गरेको स्वीकारेका छन् । पक्राउ परेका उनिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्