राजनीति

दरबार हाई स्कुलको पुनःनिर्माणको मुख्य काम सम्पन्न



काठमाडौँ, १० जेठ । भूकम्पले ध्वस्त बनाएको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम सम्पन्न भएको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच चीनका लागि नेपाली राजदुत हउ यान्छी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

दरबार हाई स्कुलको मुख्य भवन निर्माणको काम १० महिनाभित्रै सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले जनाएका छन ।

४६ कोठा रहेको चार तले भवनको फिनिसिङको काम भने ४ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको भवनको निर्माण कार्यमा संलग्न चीनको एससीजी कम्पनीले लिएको छ । २० महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०७५ साल श्रावण १८ गतेबाट दरबार हाई स्कुलको निर्माण काम सुरु गरिएका थियो ।