एजेन्सी, १० जेठ । बेलायती प्रधानमन्त्री टरिजा मेले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेकी छन ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उनले आगामी जुन ७ मा कन्जर्भेटिभ पार्टीको नेतृबाट राजीनामा दिने जनाइएको छ । तर नयाँ प्रधानमन्त्री नचुनिएसम्मका लागि उनले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएकी छन ।
प्रधानमन्त्री मेले अघि सारेको ब्रेक्जिट रणनीतिलाई लिएर संसद र कन्जर्भेटिभ पार्टीभित्र नै विद्रोह चलिरहँदा उनले राजीनामा घोषणा गरेको जनाइएका छ ।
डाउनिंग स्ट्रिटमा भावुक शैलीमा आफ्ना कुरा राख्दै प्रधानमन्त्री मेले सन् २०१६ मा यूरोपियन संघको जनमत संग्रहको परिणामको सम्मान गर्नका लागि सक्दो र ‘सर्वश्रेष्ठ प्रयास’ गरेको बताएकी छन ।
प्रतिक्रिया दिनुहोस्