एजेन्सी, १० जेठ । बलिउड अभिनेत्री अनुष्का शर्मा बिरामी परेकी छन ।
भारतीय मिडियाका अनुसार अनुष्का अहिले बल्जिङ डिस्क नामक रोगले ग्रसित भएकी छिन् ।
बल्जिङ डिस्क रोगले कम्मरको हड्डी दुखेर उठ्न, बस्न, हिँड्न नै निकै गाह्रो हुने गर्दछ । यो रोग उनको पुरानो भएपनि अहिले यो बल्झिएर च्याप्न थालेपछि अनुष्का आत्तिएर अस्पताल निरन्तर चेकजाँचको लागि गइरहेकी छिन् ।
अनुष्का विवाह पछि आफ्नो फिल्मी करियर भन्दा पनि पति बिराट कोहलीको खेललाई बढी ध्यान दिइरहेकी छिन् । पछिल्लो समय उनी बिराटले खेल्ने हरेक इभेन्टमा सरिक भइरहेकी देखिन्छिन् ।
प्रतिक्रिया दिनुहोस्