एजेन्सी, ११ जेठ । भारत गुजरातको सुरत भन्ने ठाउँको सरनाथ क्षेत्रमा रहेको तक्षशिला कम्पलेक्सको दोस्रो तलामा भएको भिषण आगलागीमा परी १९ को मृत्यु भएको छ ।
आगो शुक्रबार दिउँसो कोचिंग सेन्टर चलिरहेको बेला आगलागी हुँदा त्यहाँ पढ्ने विद्यार्थीहरुले हामफालेर ज्यान जोगाएका थिए । त्यस मध्येका केही गम्भिर घाइते भएक छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।
मृत्यु हुनेमा १५ बाल-बालिकाहरु रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । १४ देखि १७ वर्ष उमेरका मृतकका परिवारलाई गुजरात सरकारले ४-४ लाख रुपैयाँ दिने भएको छ ।
घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्