काठमाडौँ, ११ जेठ । गायक शंकर थापाको स्वर तथा संगीत रहेको ‘क्याल्कुलेटर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक उक्त गीतमा डिपी खनालको शब्द रहेको छ । हास्य टेलिसिरियल भद्रगोलमा ‘सिते बा’का रुपमा परिचित मधुसुदन पाठकको प्रस्तुतिमा तयार भएको भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् ।
निर्देशक विष्टकै करियोग्राफी रहेको भिडियो सिते बासँगै भद्रगोलकै हरिश निरौला ‘कक्रोज, सागर लम्साल ‘बले, कमलमणि नेपाल ‘खुपीका बाउ’ साक्षी संग्रौलाको अभिनय रहेको छ ।
नवराज उप्रेतीको छायांकन रहेको उक्त म्यूजिक भिडियोलाई नविन निरौलाले सम्पादन गरेका छन ।
भिडियो
प्रतिक्रिया दिनुहोस्