बाँके, ११ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले ‘विप्लव’ नेतृत्वका नेतालाई हतियारको राजनीति छाडेर वार्तामा आउन आग्रह गरेका छन ।
नेकपाको जिल्ला कमिटीका सदस्यको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले हत्या, हिंसा र चन्दा आतङ्कको राजनीति अव सम्भव नभएको बताउदै ‘विप्लव’ नेतृत्वका नेतालाई हतियारको राजनीति छाडेर वार्तामा आउन आग्रह गरेका हुन ।
उनले भने, हत्या, हिंसा र चन्दा आतङ्कले जनतालाई तर्साउन पाइँदैन, वार्तामा आउनुस् एक ढिक्का भएर अघि बढ्ने प्रयत्न गर्नुस्, हतियारले तपाईंहरुको राजनीति चल्दैन ।”
उनले जिल्ला कमिटीका १५५ सदस्यलाई पद तथा गोपनियताको शपथग्रहण गराएका छन ।










प्रतिक्रिया दिनुहोस्