काठमाडौँ, ११ जेठ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले सिन्धुपाल्चोकमा रहेको तातोपानी नाकाको निरिक्षण गरेका छन ।
अर्को साताबाट सन्चालनमा आउने भएपछि ताताेपानी नाकाको सुरक्षा साथै कार्य प्रगतिको बारेका जनकारी लिन उक्त ठाउ पुगेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।
मृहमन्त्री बादलसँगै नेकपाका सांसद अग्निप्रसाद सापकोटा र सुरक्षा निकायका उच्च पदाधिकारीहरु पनि नाका निरिक्षका लागि पुगेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादवी चेम्जोङले बताएकी छन ।
गृहमन्त्री थापाले तातोपानी नाकामै सुरक्षा अधिकारीहरुलाई भेला गराएर आगमामी सुरक्षाका चुनौती र वर्तमान सुरक्षाका समस्याहरुको बारेमा जानकारी लिने र सोही अनुसार निर्देशन दिने जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्