एजेन्सी, ११ जेठ । भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा हार पछि अध्यक्षबाट राजीनामाको घोषणा गरेका छन् ।
शनिबार अध्यक्ष गान्धीले लोकसभामा पराजयपछि बसेको कांग्रेस कार्यसमिति बैठकको सुरुमा नै राजीनामा घोषणा गरेका हुन् ।
लोकसभा निर्वाचनमा पार्टीको प्रदर्शनको समीक्षा गर्ने क्रममा कांग्रेस कार्यसमिति बैठकका सदस्यहरूले भने राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।
राहुल गान्धी भने आफ्नो राजीनामा अडिग रहेको बताइएको छ । राहुलले राजीनामा दिएर हारको जिम्मेवार आफू पनि भएको देखाएका छन् ।
भारतीय संचारमाध्यमका अनुसार, राहुल अडिग रहे भने अर्को अध्यक्ष को होला र भारतको सबैभन्दा पूरानो पार्टी कसरी अगाडि बढ्ला भन्ने बहस सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस्