समाचार

आफ्नै घरमा एक व्यक्ति मृत अवस्थामा फेला



चितवन, १२ जेठ । कालिका नगरपालिका –१ लंका लाइनमा आफ्नै घरमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

मृत्यु हुनेमा ४७ वर्षीय कुमारसिंह श्रेष्ठ रहेको चितवन प्रहरीले जनाएको छ । शनिबार बेलुकी परिवारलाई घर आउन ढिला हुने बताउनुभएका श्रेष्ठ बिहान आफ्नै घरमा मृत भेटिनुभएको हो । श्रेष्ठले लगाएको चार तोलाको सुनको सिक्री र दुई तोलाको सुनको औंठी हराएकाले कसैले हत्या गरेको प्रहरीको अनुमान छ ।

बिहान ७ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली ७:३० बजे घटनास्थल पुगेको थियो। मृत्युको कारण पोस्ट मार्टमपछि नै थाहा हुने अवस्था देखिएको छ । घटनाका बारेमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।