काठमाडौँ, १२ जेठ । राजश्व परामर्श समितिले अर्थमन्त्री डा। युवराज खतिवडाले प्रतिवेदन बुझ्दै बजेटमा भएका समस्याहरुलाई सुधार गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
मन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरेको संयोजकत्वमा गठित समितिले आइतबा प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएको हो ।
समितिले सातवटै प्रदेशका विभिन्न सहर र काठमाडौंमा पनि छलफल गरेर प्रतिवेदन तयार पारेको हो । समितिले विभिन्न १० समूहमा समूहीकरण गरी प्रतिवेदन तयार गरेको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिवेदन बुझ्दै अर्थमन्त्री खतिवडाले राजस्व प्रणालीको सुधारलाई निरन्तर अघि बढाइने र करको दायरा विस्तार सरकार प्रतिबद्ध रहेको बताएका थिए ।
आर्थिक वर्ष ७६र७७को बजेट आउन तीन दिन बाँकी छ । सरकारले विगतको वर्षको भन्दा बजेटको आकार बढाएर करिब १५ खर्ब विनियोजन गर्ने तयारी गरेको छ ।










प्रतिक्रिया दिनुहोस्