काठमाडौँ, १२ जेठ । सूर्य बोहराले निर्देशन गर्ने फिल्म ‘हेलो जिन्दगी’मा अभिनेत्री श्वेता खड्काको स्थानमा प्रियंका कार्कीलाई लिइने भएको छ ।
स्वास्थ्यस्थितीमा सुधार नआएका कारण उनको ठाउँमा अर्की नायिका अनुबन्धित भएकी हुन । सुटिङका लागि लण्डनमा गएको समयमा श्वेतालाई अचानक घाँटीमा समस्या आएपछि घाँटीको सल्यक्रिया गरिएको थियो । सल्यक्रियापछि श्वेताको स्वास्थ्यमा सुधार नआएपछिफिल्ममा अकी अभिनेत्री राख्ने निर्णय भएको हो ।
श्वेताले अन्य नायिका राख्न निर्देशक सूर्य बोहरालाई सल्लाह दिए बमोजिम श्वेताको भूमिकामा प्रियंका कार्कीलाई लिइएको निर्माण पक्षले बताएको छ ।
‘हेलो जिन्दगी’मा दुई नायिका हुनेछन् जसमा एक दीपिका प्रसाइं र अर्की प्रियंका कार्की । फ्रान्समा जारी कान्स फिल्म फेस्टीवलमा ब्यस्त प्रियंका कान्सको कार्यक्रमबाट फर्किएलगत्ते चलचित्र शुटिङका लागि फ्लोरमा जाने निर्देशक सूर्य बोहराले बताए ।










प्रतिक्रिया दिनुहोस्