काठमाडौँ, १३ जेठ । देशका पूर्वी भूभाग र अन्य पहाडी भेगका एक दुई स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार पनि देशका पूर्वी भूभाग लगायत लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै रातिको समयमा देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिएको भन्दै महाशाखाले देशका पूर्वी पहाडी भेगका एक दुई स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्