विराटनगर, १३ जेठ । प्रदेश १ को बजेट अधिववेशन सोमबार आजदेखी सुरु हुँदैछ ।
दिउँसो १ बजेकालागि प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख प्रा।डा। तुम्बाहाङले पठाएको अधिवेशन आह्वानको पत्र पढेर सुनाइने छ ।
दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले बजेट अधिवेशनका क्रममा प्रदेशसभा सदस्यहरुले खेल्नुपर्ने भूमिका र बजेटका सैद्धान्तिक पक्षहरुको विषयमा तयारी गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘‘यो वर्ष धेरैतिर बजेट छर्नुभन्दा पनि लक्ष्य प्राप्तिमा केन्द्रीत भएर कार्यक्रमहरु ल्याउने छ ।’’ मुख्यमन्त्री राईले स्पष्ट योजनामा आधारित र केन्द्रीत भएरै बजेट ल्याइने बताउनुभयो ।
विकास योजना प्रस्ताव गर्दा व्यक्तिगत चाहाना भन्दा जनताको आवश्यकता र चाहनालाई प्राथमिकता दिइने मुख्यमन्त्री राईले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्