काठमाडौँ, १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले बम काण्डका अपराधिलाई कडा भन्दा कडा कानुनी कारवाही गर्न आग्रह गर्नुभएको छ ।
आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले देशमा हिंसा, आतंक, चन्दा, लुट लगायतको गतिविधि संञ्चालन गरिरहेको विप्लब समूहलाई सरकारले लगाएको प्रतिवन्धलाई समर्थन गर्दै उहाँले उपत्यका लगायका देशका धेरै ठाउँहरुमा बम काण्डका अपराधिलाई सरकारले समातेकोमा विशेष धन्यवाद व्यक्त गर्दै अपराधिलाई कडा भन्दा कडा कानुनी कारवाही गर्न आग्रह गर्नुभएको छ ।
प्रमु प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका केही सांसदहरुले सरकारले विप्लव समूहमाथि लगाएको प्रतिवन्धको पनि विरोध तथा उक्त समूहले बम पड्काएको पनि विरोध गर्नु दोभासे अभिव्यक्ति भएको बताउनुभयो ।
पुर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले कोटेश्वरको जाम आज सधैभन्दा बढी हुनु नै विप्लव समूहलाई जनताले विप्लव समूहको बन्दलाई अस्वीकार तथा प्रतिकार गरेको बताउँदै देशमा हुने कुनै पनि प्रकारका आतंककारी गतिविधिलाई नियन्त्रण गर्न सकरकारले कुनै पनि कसर चाल्न पछि पर्नु नहुने बताउनुभयो ।
सांसद बस्नेतले काठमाडौँ उपत्यका लगायतका ठाउँहरुमा पक्राउ परेका परेका मध्ये कुनै सर्वसाधारण नभई अपराधी नै भएको गृहमन्त्रीको भनाई यथार्थ रहेको बताउँदै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको सुरक्षा कायम गर्न सरकारले कुनै पनि कन्जुस्याई नगरी अपराधी तथा आतंककारीको विरुद्धमा कठोर कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
पाँचथरमा घटेको घटनाको सत्य तथ्य सार्वजनिक गरी कानुनी दायरमा ल्याउन गृहमन्त्रालयले विशेष अनुसन्धान ब्युरो पठाई उचित पहल कदमी लिएको बताउँदै सांसद बस्नेतले मृतकलाई क्षतीपूर्ती, घाइतेलाई उपचार तथा अपराधिहरुलाई कानुनी कारवाही गर्न तत्काल कदम चाल्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पाँचथरको घटनाको अपराधीले आत्महत्या गरेको भन्ने कुरा आएको छ तर त्यो अपराधिलाई स्वर्गमा रहेका गृहमन्त्रीसँग छलफल गर्नुपर्छ भने पनि बरु प्रमुख प्रतिपक्षी दलसँग सहकार्य तथा समन्वयय गर्नुपर्छ भने पनि गृहमन्त्रीले पहल गर्नुपर्ला ।’










प्रतिक्रिया दिनुहोस्