काठमाडौँ, १३ जेठ । गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण गरिने बताउनुभयो ।
संसदमा आज विशेष समय लिई बोल्दै मन्त्री थापाले काठमाडौँ उपत्यकामा हिजो बम विस्फोटमा परि मृत्यु हुने सवै विप्लव समूहका नै कार्यकर्ता भएको बताउनुभयो । उहाँले बम विस्फोटमा सलग्न रहेकालाई सरकारले कानुनी दायरामा ल्याउने प्रकृया अघि बढाएको जानकारी गराउनुभयो । उहाँले बम विस्फोटका क्रममा पक्राउ परेका कुनै सामान्य नागरिक नभई विप्लव समूहका कार्यकर्ता नै भएकाले विस्फोटमा संलग्न सवैलाई सरकारले नियन्त्रण लिइसकेको जानकारी गराउनुभयो ।
गृहमन्त्री थापाले चन्द समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्वारा मुल प्रवाहमा ल्याउने प्रक्रिया सरकारले अगाडि बढाएको बताउनुभयो । गृहमन्त्री थापाले चन्द समूहले समानान्तर सरकार गठन गरेको र जनसरकारको नाममा जनपरिषद् पनि गठन गरी आतंककारी गतिविधि गरिरहेको बताउनुभयो । चन्द नेतृत्वको समुहले जनसेनाको रुपमा चार कम्पनी निर्माण गरेको समेत उहाँले बताउनुभयो । गृहमन्त्री थापाले नेकपा चन्द समूहलाई मुलधारमा ल्याउन सरकार प्रतिवद्ध रहेको समेत बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्