काठमाडौँ, १४ जेठ । सरकारले आज (मंगलवार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
पाँचथर मिक्लाजुङ गाउँपालिकाले –३, आरुबोटेमा जेठ ६ गते भएको हत्याकाण्डको शोकमा स्थानीय सरकारले आज शैक्षिक शोक बिदा दिने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको बैठकले विभत्स हत्या भएका विद्यार्थी बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै एक दिन बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाका सबै शैक्षिक संस्थामा शोक बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । हत्याकाण्डमा मारिएका नौ जनामध्ये १२ वर्षीया युहाना, १० वर्षीया मुना, आशिका र आठ वर्षीया इक्सा स्थानीय आरुबोटे माविका विद्यार्थी हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्