समाचार

फेसबुकबाट ठगी गरेको आरोपमा एक जना पक्राउ



काठमाडौँ, १४ जेठ । फेसबुकमार्फत ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुम एण्ड फ्याल्ट अन रेन्ट इन काठमाडौँ नामक पेज चलाउदै कोठा भाडामा मिलाइदिन्छु भनेर ठगी गरेको आरोपमा जुम्लाका २६ वर्षीय रामचन्द्र भट्टराईलाई पक्राउ गरेको हो ।

उनले फेसबुकमा उपत्यकाको विभिन्न ठाउँमा कोठा खाली छ भनेर प्रचार गरेका थिए । ‘उनले सम्पर्क नम्बर पनि राखेर फोन गर्ने ग्राहकलाई कोठा हेर्नुअघि सेवा शुल्क भनेर पन्ध्र सयदेखि ४ हजार रुपैयाँसम्म अनलाइनमार्फत पेमेन्ट लिने गरेको महागनरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जनाएका छन ।

रकम जम्मा भएलगत्तै उनी सम्पर्कविहीन हुने गरेको प्रहरीमा उजुरी परेको छ । भट्टराई अहिलेसम्म २ सय ५० बढी व्यक्तिलाई ठगी गरिसकेको भेटिएको छ । पक्राउ परेका भट्टराईमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।