समाचार

भलिवल पोलले च्यापिएर बालकको मृत्यू



बागलुङ, १४ जेठ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं। १ दगामा भलिवल पोलले च्यापीएर एक वालकको मृत्यु भएको छ ।

दगातुन्डाडा प्राविको कक्षा २ मा अध्ययनरत ७ वर्षिय निर्मल पुनको उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ स्थानीय युवाहरुले वलको नेट तानिरहेको समयमा पोल ढल्दा नजिकै रहेका बेला टाउकोमा गम्भिर चोट लागेको र उपचारको क्रममा मृत्यु भएको स्थानियले वताएका छन् । शवलाई मंगलवार दिउसो पोष्र्टमाटमको लागी इलाका प्रहरी कार्यालय हरिचौर पठाइएको छ ।

सो समयमा खेलीरहेका युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीचौकी खर्वाङले जनाएको छ ।