समाचार

महिला बेचबिखनमा संलग्न एक युवती सहित तीनजना पक्राउ



काठमाडौँ, १५ जेठ । मानव बेचबिखन तथा ओसार–पसारमा संलग्न भएको आरोपमा एक युवती सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलका प्रहरी टोली, माइती नेपाल र साना हातहरु नेपालको सहयोगमा नुवाकोट घर भई हाल भारतको कलकत्ता बस्ने २४ वर्षीया कविता भन्ने मनिका तामाङ, भारतको झारखण्ड राज्यको राँची बस्ने २६ वर्षीय अंशु साहु र सोही ठाउँ बस्ने २३ वर्षीय राजाराम महतोलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुले दुई युवतीलाई प्रलोभन देखाउँदै काठमाडौंबाट वीरगञ्ज हुँदै भारततर्फ लैजादै गरेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।